माँ दुर्गा मशरुम इण्डष्ट्री एक प्रतिष्ठित कृषि उद्योग हो, जसको स्थापना २०७६ साल बैशाख २२ गते ललितपुर जिल्लाको गोदावरी नगरपालिका - ३, लेलिनथोकमा भएको हो। श्री विकास रिमाल र श्री विश्वजित रिमाल दुई दाजुभाइको सहकार्यमा दर्ता भएको यो कम्पनी नेपाली च्याउ उत्पादन क्षेत्रमा विशिष्ट पहिचान बनाउँदै अगाडि बढिरहेको छ। प्रारम्भमा परम्परागत तरिकाबाट च्याउ खेती सुरु गरे पनि समयानुसार आधुनिक प्रविधि अपनाउँदै कम्पनीले गोब्रे च्याउ उत्पादनलाई व्यवस्थित, वैज्ञानिक र व्यावसायिक रूपमा विस्तार गरेको छ। हाल कम्पनीले वार्षिक एक लाख पचास हजार किलोग्रामभन्दा बढी गोब्रे च्याउ उत्पादन गर्दै आएको छ, साथै त्यसका लागि आवश्यक विउ (स्पॉन) पनि आफैं उत्पादन गर्ने सुविधा उपलब्ध गराएको छ।
माँ दुर्गा मशरुम इण्डष्ट्रीको उत्पादन नेपालको प्रमुख पाँचतारे होटल, क्याटरिङ सेवा, रेष्टुराँ तथा स्थानीय बजारमा लोकप्रिय रूपमा खपत हुँदै आएको छ। गुणस्तरीय उत्पादन र भरपर्दो सेवा सुविधाका कारण उपभोक्ताहरूको विश्वास जित्न कम्पनी सफल भएको छ। निकट भविष्यमा अझ अत्याधुनिक प्रविधिको प्रयोग गर्दै उत्पादनको परिमाण र गुणस्तरमा थप सुधार ल्याउने लक्ष्य कम्पनीले लिएको छ। साथै, गोब्रे च्याउका नयाँ प्रजातिहरूको अनुसन्धान तथा प्रशोधनमा समेत ध्यान केन्द्रित गरिनेछ। जोसुकैलाई होलसेल वा रिटेल रूपमा च्याउ आवश्यक परेमा कम्पनीसँग सिधा सम्पर्क वा अनलाइन माध्यमबाट सहज रूपमा अर्डर गर्न सकिने व्यवस्था गरिएको छ, जसले ग्राहकलाई छिटो र विश्वसनीय सेवा प्राप्त गर्न सहयोग पुर्याउनेछ।
Maa Durga Mushroom Industry is a reputable agricultural enterprise established on May 5, 2019 (Baisakh 22, 2076 B.S.) in Lelinthok, Ward No. 3 of Godawari Municipality, Lalitpur District, Nepal. The company was registered and founded by two brothers, Mr. Bikash Rimal and Mr. Bishwajit Rimal, who jointly envisioned a business focused on quality mushroom cultivation. Initially starting with traditional methods, the company has gradually adopted modern technology and scientific techniques to cultivate Oyster Mushrooms (Gobre Chyau) on a commercial scale. At present, the company produces over 150,000 kilograms annually, and also manufactures its own high-quality mushroom spawn to support consistent production.
Maa Durga Mushroom Industry has earned a strong reputation in the market, supplying fresh mushrooms to Nepal’s top five-star hotels, catering services, restaurants, and local markets. Its commitment to quality and customer satisfaction has helped build lasting trust with clients across the country. Looking ahead, the company plans to further expand its production capacity by incorporating more advanced technology and exploring new mushroom varieties and value-added products. Both wholesale and retail customers can easily place orders directly through online platforms or by contacting the company, ensuring a fast and reliable supply of fresh mushrooms.